पोखराका मासु पसलबाट ठगिँदै उपभोक्ता, खसीको नाममा बाख्राको मासु !

पाेखरा | असोज ४, २०७९

पोखराका मासु पसलबाट ठगिँदै उपभोक्ता, खसीको नाममा बाख्राको मासु !

सोह्रश्राद्ध चलिरहनु भनेको दशैंलाई निम्ता दिनु हो । ठूलो चाड मानिने दशैंमा खानपिनले विशेष महत्व राख्छ । र, खानपिनमा नछुट्ने परिकार हो ‘मासु ।’

 

तर पोखराका फ्रेस हाउसमा बेच्न राखिएको मासु किन्दा उपभोक्ता ठगिने गरेको पाइएको छ । पोखरा महानगरपालिकाले आज नगरभित्रका केही मासु पसलको अनुगमन गर्दा उपभोक्ता ठगिने गरेको पाइएको छ । 

 

महानगरको अनुगमन टोलीमा उपभोक्ता मञ्च र पत्रकारहरुको पनि सहभागिता थियो । टोलीले आज पोखराको अमरसिंहचोक, रामबजार, जीरो किमी, बगर र चिप्लेढुंगा क्षेत्रमाक अनुगमन गर्दा केही पसलहरुले नियमावलीको पालना नगरेको पाइएको छ । 

 

त्यस्तै, केही पसलमा राखिएका मासुको गुणस्तर पनि कमजोर रहेको पाइएको अनुगमन टोलीको भनाई छ । यसरी नियमावली र मापदण्ड पालना नगर्ने मासु पसलका सञ्चालकहरुलाई स्पष्टिकरणसहित प्रमुख जिल्ला अधिकारीसमक्ष उपस्थित हुन पत्र थमाइएको उपभोक्ता मञ्च, गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । 

 

‘अनुगमनकाक्रममा कतिपय पसल दर्तै नभएको पाइयो, कतिले नियमावली पालना गरेका रहेनछन्’ अध्यक्ष कोइरालाले भने ‘केही पसलमा बाख्राको मासुलाई खसीको भन्दै बेचेको पाइएको छ ।’

 

उनका अनुसार केही पसलमा के को मासु काटेको हो भनेर छुट्याउन प्रजनन अंग नभेटिएकाले उक्त मासु नष्ट गरिएको छ । ‘केही पसलमा बेच्न राखिएका मासु शंकास्पद पाइएकाले नष्ट गरिएको छ’ कोइरालाले थपे । 

 

अनुगमनपछि प्रशासन कार्यालयमा हाजिर हुन भनेको र कारवाही अघि बढाइएको टोलीले जनाएको छ । उनीहरुलाई कसुर अनुसार आर्थिक जरिवाना गर्ने प्रशासनको तयारी छ । त्यस्तै, केहीलाई फ्रेस हाउसमा तत्काल सुधार गर्न निर्देशन दिइएको बताइएको छ । 

 

मासु पसलहरुले पालना गर्नुपर्ने मापदण्ड र नियमावली बनाइएपनि अधिकांशले पालना नगरेको जानकारी सम्बन्धित निकायलाई भएपनि प्रायः चाडवाडकाबेलामात्रै अुनगमन गरिने र अन्य समयमा बेवास्ता गरिने भएकाले सुधान हुन नसकेको आम उपभोक्ताको भनाई छ । 

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्